पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
खबरपथ संवाददाता
७ बैशाख २०७८, मंगलवार १६:०९
काठमाण्डौं । भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण भएको छ ।
हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किए पछि शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
हरिद्वारमा शाहलाई हिन्दू स्रमाटको उपाधि सहित अभिषेक गराइएको थियो ।





















