नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख १५ सम्म लकडाउन

खबरपथ संवाददाता
८ बैशाख २०७८, बुधबार १४:१२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोनाको संक्रमण बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधन बाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उमहानगर क्षेत्रमा बुधबारसम्म ७३५ जना सक्रिय संक्रमित पुगिसकेको र अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेकाले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्न सिफारिस गरेको थियो ।

लकडाउनको समयमा दैनिक उपभोग्य वस्तु ओसार पसार गर्ने सवारी साधन विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*