बुटवलका विधालय बैशाख मसान्त सम्म बन्द

खबरपथ संवाददाता
८ बैशाख २०७८, बुधबार २१:२१

बुटवल । बुटवल उपमहानगरपालिकाले वैशाख मसान्तसम्मका लागि शैक्षिक संस्था बन्द गरेको छ ।

बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गरी बैशाख ९ गतेदेखि मसान्तसम्म कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका पठनपाठन बन्द गरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न र गराउन आग्रह गरेको छ ।

उपमहानगरपालिकाले कक्षा ८ को अन्तिम परीक्षा पनि अर्को सूचना नभए सम्मका लागि स्थगित गरेको छ भने पूर्व निर्धारित विद्यालय स्तरीय आन्तरिक परीक्षाहरु बैशाख मसान्तसम्मका लागि स्थगित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*