काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा
खबरपथ संवाददाता
९ बैशाख २०७८, बिहीबार ०९:०३
काठमाण्डौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार स्थानीय र पश्चिमी वायुको प्रभावले देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ ।
प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको हो ।





















