पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
९ बैशाख २०७८, बिहीबार १७:५६

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २३६५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।

यसैगरी २४ घण्टामा २५२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

१० हजार १ जनाको पीसीआर र ४४७ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १२,६९० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*