पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना पुष्टि
खबरपथ संवाददाता
१० बैशाख २०७८, शुक्रबार १८:५०
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना पुष्टि भएको छ ।
८७९८ जनाको पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमण मुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् ।





















