प्रधानमन्त्री ओलीले गरे पुनर्निर्मित धरहराको उद्धघाटन

खबरपथ संवाददाता
११ बैशाख २०७८, शनिबार १३:०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको शनिबार उद्धघाटन गर्नु भएको छ । धरहरा रहेको स्थानमा शनिबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्धघाटन गर्नुभएको हो ।

प्रधानमन्त्री ओली धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि बालकोनीमा पुगि उपत्यकाको दृष्या अवलोकन भएको थियो। प्रधानमन्त्री ओलीले लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर पुष्प वृष्टि समेत गर्नुभएको थियो ।

२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गर्नुभएको थियो ।

बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तला जस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ ।

२०७२ सालको भूकम्पमा भत्किए पछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो । धरहरा पुर्निर्माणमा ३ करोड ४८ लाख लागत अनुमान गरिएको र कोषबाट अपुग रकम सरकारले व्यहोर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*