पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति अस्पताल भर्ना
काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति अस्पताल भर्ना हुनु भएको छ । कोभिड–संक्रमण भइ निर्मल निवास स्थित आइसोलेशनमा रहनु भएका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।
पूर्वराजाका संवाद सचिव फणीन्द्र पाठकले स्वास्थ्यमा समस्या देखिए पछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना हुनुभएको जानकारी दिनुभयो । यस्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि अस्पताल भर्ना हुनुभएकाको छ । अस्पतालका अनुसार तीनै जनाको अवस्था स्थिर र सामान्य रहेको छ ।
वैशाख ७ गते पूर्वराजा दम्पतिमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्धार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उहाँहरुमा संक्रमण पुष्टि भएको थियो ।





















