रुपन्देहीको एक बिद्यालयमा होस्टेल बस्दै आएकी छात्राको मृत्यु

खबरपथ संवाददाता
११ बैशाख २०७८, शनिबार २१:३३

बुटवल । रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्दै आएकी एक छात्राको स्वास्थ्यमा अचानक समस्या आएपछि मृत्यु भएको छ । तिलोत्तमाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको मृत्यु भएको हो ।

ज्वरो र पेट दुख्ने समस्या देखिएको उनलाई शनिबार परिवारका सदस्यले मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका लागि लगेका थिए । तर अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भयो ।

मृतकका अभिभावले दुईदिन देखि ज्वरो आए पनि समय मै उपचार नगराउँदा मृत्यु भएको दाबी गरे । ‘हामीलाई कोभिड–१९ संक्रमण कै कारण मृत्यु भएको शंका छ,’ अभिभावले भने ।

छात्राको मृत्यु पछि विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गराएको छ । तर रिपोर्ट आइ नसकेको विद्यालयका सहायक प्रिन्सिपल एलडी किराँतले बताए । उनका अनुसार छात्रावासमा प्रतिमा सँगै ५० जनाभन्दा बढी विद्यार्थी थिए ।

प्रतिमाको मृत्युपछि केही विद्यार्थी र अभिभावकले विद्यालय घेराउ गर्दै नाराबाजी समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*