रुपन्देहीका सवारी साधनमा जोर बिजोर प्रणाली,सम्पुर्ण विधालय बन्द

खबरपथ संवाददाता
१२ बैशाख २०७८, आईतवार १८:२८

बुटवल । रुपन्देहीमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि) को बैठकले सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली र सम्पुर्ण बिद्यालय पु्र्णरुपले बन्द गर्ने निर्णय गरेको छ ।

आईतबार प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच भएको वैठकले बैशाख १४ गते मंगलबार देखी  जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजि यातायातका साधनहरु जोर बिजोर प्रणाली अन्तर्गत जोर बारका दिन जोर नम्बरका सवारी साधन र विजोर बारका दिन बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने ब्यवस्था मिलाउन बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताउनुभयो ।

यस्तै वैठकले वैशाख मसान्तसम्म रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालयमा  भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाई क्रियाकलाप बन्द गरि बैकल्पिक माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्लाभित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेको प्रशासकीय अधिकृत थापाले बताए । वैठकमा सबै स्थानीय तहहरुले कोरोना संक्रमितको ओसारपसारका लागि कम्तीमा एक वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापन गर्ने, आ–आफ्नो पालिकामा रहेको सामुदायिक आइसोलेसन र होम आइसोलेसनका क्षमता विकास गरी पूर्वतयारी अवस्थामा राख्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*