बाँकेमा एक हप्ताका लागि निषेधाज्ञा जारी

खबरपथ संवाददाता
१२ बैशाख २०७८, आईतवार २१:२४

काठमाडौँ । नयां भेरियन्ट कोभिड – १९ को संक्रमण दैनिक तिब्रदरमा बढेको अवस्थालाई मध्यनजर गर्दे जोखिम नियन्त्रणका लागी बाँकेमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार रातिदेखि लागू हुने अर्को सूचना जारी नहुँदा सम्म जिल्लाभरी एक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर अति आवश्यक काम बाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ । एम्बुलेन्स,  दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन् ।

निषेधआज्ञा अवधिभर आदेशको अवज्ञा वा अवहेलना गर्ने वा कामका वाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजीम कारबाही हुने प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*