बर्दियामा एक साताका लागि निषेधाज्ञा जारी

खबरपथ संवाददाता
१२ बैशाख २०७८, आईतवार २१:४६

काठमाडौं । नयां भेरियन्टको कोभिड – १९ को दर बढे पछि सोमबारदेखि लागू हुने गरी एक साताका लागी बर्दियामा निषेधाज्ञा जारी गरिएको छ । नयां भेरियन्ट कोभिड – १९ को संक्रमण दैनिक तिब्रदरमा बढेको अवस्थालाई मध्यनजर गर्दे जोखिम नियन्त्रणका लागी अत्यावश्यक काम बाहेक घरबाहिर निस्किन नपाउने आदेश जारी गरिएको हो ।

स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारी बाहेकका व्यवसाय पनि बन्द गर्न भनिएको छ । अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकाय बाहेकको सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले एक आदेश जारी गर्दे गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्रमा लागू निषेधआज्ञा लागू हुने भनिएको छ ।

त्यस्तै, ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा पनि यो निर्णय लागू हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*