तिलोत्तमाको आनन्दबन शंकरनगर खानेपानी संस्थाद्धारा बायोटेक प्रविधीका सार्वजनिक शौचालय संचालनमा

खबरपथ संवाददाता
१३ बैशाख २०७८, सोमबार १३:२९

रुपन्देही । तिलोत्तमाको आनन्दबन शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले सिक्सलेन सडकमा बायोटेक प्रविधीका आधुनिक सार्वजनिक शौचालय संचालनको शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईले सार्वजनिक शौचालयको शुभारम्भ गर्नु भएको हो । भट्टराईले शौचालयको संचालनले सरकारले संचालन गरेको खुल्ला दिशामुक्त अभियान र खानेपानी तथा सरसफाईको अबधारणा अनुसार पूर्ण सरसफाई मुलुक वनाउने अभियानलाई टेवा पुराउने बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले शौचालय संचालन संगै अव सो क्षेत्रमा आवत-जावत गर्नेहरुलाई दिशा पिसाव लागेमा सडक कै छेउछाउमा सहज रुपमा व्यवस्थापन गर्न मिल्ने भएको बताउनुभयो । उहाँले शौचालयलाई नियमित रुपमा सरसफाई र मर्मत संभार र नियमित ब्यबस्थापन गरि २४ सै घण्टा खुल्ला राखी सेवा दिनुपर्ने जरुरी रहेकोले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नुभयो । मेयर घिमिरेले शंकरनगर खानेपानीले पहिले बुटवल–भैरहवा सडक अन्तर्गत तिलोत्तमा नगरपालिकाको योगिकुटी देखि डाइभरटोल सम्मको सडकमा बनाए जस्तै अहिले आनन्दबन शंकरनगर खानेपानीले ड्राइभरटोल देखि शंकरपुरसम्म निर्माण गरेको भए पनि त्यसभन्दा दक्षिणतर्फको स्थानमा समेत निर्माण कार्य सम्पन्न हुन लागेको र आउने समयमा नगरपालिकाको क्षेत्रभरी र आवश्यक पर्ने सार्वजनिक स्थलमा बायोटेक प्रविधीको सार्वजनिक शौचालय निर्माण गर्ने बताउनुभयो ।

आनन्दबन शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले सडक किनारमा १० वटा शुचालय निर्माण गरेको छ। जस मध्य आफ्नै कार्यालयमा एउटा, तिलोत्तमा नयामिल स्थित दुर्गा मन्दिरमा एउटा, तिलोत्तमा वार्ड नम्बर ६ को कार्यालय नजिक १ र अन्य सडकको छेउछाउमा ७ वटा गरि १० वटा स्मार्ट शौचालय निर्माण गरिएको सस्थाका अध्यक्ष केशवराज न्यौपानेले बताउनुभयो ।
करिब ५८ लाख को सह-लगानीमा निर्मित सो शौचालयमा बायोटेक प्रविधी अपनाईएकोले शौचालयमा शुरुमै व्याक्टेरिया राखिने भएकोले सोही व्याक्टेरियाले दिशा पिसाव खाने हुनाले उठाएर फयाक्न नपर्ने प्रविधी भएको उहाको भनाइ छ । ४० दिन सम्म उक्त व्याक्टेरिया एक पटक गरेको दिशा पिशावले वाँच्ने हुनाले नियमित संचालन हुने शौचालयमा शुरुमा राखेको व्याटेरिया अनन्त्त समय सम्म पुग्ने प्रविधी हो । तिलोत्तमा स्थित लुनासा इमानिजेशन प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो ।

२४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था रहेको बायोटेक प्रविधीको सार्वजनिक शौचालय उपभोक्ता समितिका उपाध्यक्ष किशोर कुमार क्षेत्रिले बताउनुभयो । त्यस्तै शौचालयमा प्रयोगका लागि सावुन, टावेलको समेत व्यवस्था गरिएको उहाको भनाइ छ । सडक यात्रीलाई मध्ये नजर गरी निर्माण गरिएका शौचालयहरु हरेक दिन तीन पटक सम्म सरसफाई गर्नका लागि कर्मचारीको व्यवस्था गरिनु पर्ने भन्दै उहाले सबैको सांझा सम्पति भएकाले यसको संरक्षणमा लाग्नुपर्ने बताउनभयो।

सो कार्यक्रममा रुपन्देही खानेपानी महासंघका अध्यक्ष धुर्व धिताल, तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे, करहिया मक्रहर संयुक्त खानेपानी सस्थाका अध्यक्ष यज्ञ गैरे, नेपाली कांग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे लगायतले बोल्दै खानेपानी सस्थाले सरसफाईलाई समेत अगाडी लैजान गरेको रचनात्मक र सामजिक कार्यले सबैलाई सहजता बनाएकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*