तिलोत्तमामा झण्डै आठ हजारले भरे सुकुम्बासी आयोगको फारम
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा झण्डै आठ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, एक हजार ७४० जनाले भूमिहीन सुकुम्बासी र पाँच हजार ५५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फारम भरेका हुन् । नगरपालिकाले दिएको विवरणअनुसार सबैभन्दा बढी वडा नं. ११ बाट आयोगको लगत संकलन फारम भरिएको छ । यहाँ १८० जना भूमिहीन दलित, ५३५ जना भूमिहीन सुकुम्बासी र दुई हजार ७६ जना अव्यवस्थित बसोबासी गरी दुई हजार ७९१ जनाले फारम भरेका छन् । यस्तै वडा नं. १२ बाट भूमिहीन दलित ८२, भूमिहीन सुकुम्बासी २१८ र अव्यवस्थित बसोबासी ७९६ गरी एक हजार ९६ जनाले फारम भरेका छन् ।
वडा नं. ७ बाट ५६२, वडा नं. १० बाट ५५३, वडा नं. ४ बाट ५३३, वडा नं. ३ बाट ४५९, वडा नं. १४ बाट ४२३ जनाले आयोगको लगत संकलन फारम भरेको नगरपालिकाले जनाएको छ । वडा नं. १७ मा सबैभन्दा कम भूमिहीन दलित सात, भूमिहीन सुकुम्बासी १० र अव्यवस्थित बसोबासी ३२ गरी जम्मा ४९ जनाले फारम भरेका छन् । वडा नं. २ मा ७४, वडा नं. ५ मा ७२, वडा नं. ९ मा ८१ जनाले आयोगको फारम भरेका छन् ।
यसैगरी वडा नं. १ बाट १४१, वडा नं. ६ बाट ३१६, वडा नं. ८ बाट ३६६, वडा नं. १३ बाट १५९, वडा नं. १४ बाट ४२३, वडा नं. १५ बाट १०७ र वडा नं. १६ बाट १३६ जनाले आयोगको लगत संकलन फारम भरेका छन् । तिलोत्तमा नगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालय स्थापना गरेर आयोगको सूचनाअनुसार माघ ९ गतेबाट लगत संकलन कार्य सुरु गरेको थियो । कतिपय वडाले टोल–टोलमैं पुगेर लगत संकलनको काम गरेका थिए । त्यसको लागि सम्बन्धित वडा सचिवलाई जिम्मेवारी दिइएकोमा जनप्रतिनिधिहरुको साथैं वडास्तरीय सहजीकरण समितिको सहयोगमा लगत संकलन गरिएको थियो । वडाहरुबाट प्राप्त लगतलाई कम्प्युटरमा ईन्ट्री गर्ने, फाईल स्क्यानिङ गर्नेलगायतका काम अघि बढेको शाखा अधिकृत पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जग्गा नापजाँचको लागि आयोगले खटाएका सर्वेक्षक तथा अमिनबाट फिल्ड निरीक्षणको काम सकिएकोमा वडा नं. ११ मा कन्ट्रोल प्वाइन्ट स्थापनाको लागि पिलर समेत राखिँदै छ । फिल्ड कार्यको लागिको लागि आवश्यक उपकरणको व्यवस्थापन, नापजाँचको लागि जनशक्ति व्यवस्थापन भैसकेको नगरपालिकाले जनाएको छ । शाखा अधिकृत पोखरेलका अनुसार अमिन र सर्वेक्षक गरी १६ जनाको जनशक्ति नापजाँचको लागि खटिने छ ।
तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्नेलगायतका कामलाई प्राथमिकता दिइएको थियो ।
वडागत रुपमा लगत संकलन फारमको विवरण :
|
वडा नं. |
भूमिहीन दलित |
भूमिहीन सुकुम्बासी |
अव्यवस्थित बसोबासी |
|
1 |
35 |
80 | 26 |
|
2 |
0 |
65 |
9 |
|
3 |
37 |
59 |
363 |
|
4 |
37 |
90 |
406 |
|
5 |
16 |
43 |
13 |
|
6 |
30 |
80 |
206 |
|
7 |
53 |
184 |
325 |
|
8 |
22 |
102 |
242 |
|
9 |
8 |
38 |
35 |
|
10 |
77 |
100 |
376 |
|
11 |
180 |
535 |
2076 |
|
12 |
82 |
218 |
796 |
|
13 |
3 |
10 |
146 |
|
14 |
15 |
54 |
354 |
|
15 |
7 |
29 |
71 |
|
16 |
10 |
43 |
83 |
|
17 |
7 |
10 |
32 |
|
जम्मा |
619 |
1740 |
5559 |





















