पत्रकार महासंघलाई सुरक्षा सामग्री हस्तान्तरण
बुटवल । कोभिड–१९ को दोस्रो चरणको लहर बढेसंगै पत्रकारहरुलाई लक्षित गरि नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाले नेपाल पत्रकार महासंघ रुपन्देही शाखा मार्फत सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
विहिबार एक समारोहका बिच संघका अध्यक्ष सुरज भट्टराईले महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन । महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले कोरोना महामारीका बेलामा पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेर संस्थागत सहकार्य गरेकोमा धन्यवाद दिए । संघका अध्यक्ष सुरज भट्टराईले फिल्डमा खटिने क्रियाशिल एक सय जना पत्रकारलाइ पुग्ने गरि ५ हजार थान मास्क र एक सय थान सेनिटाईजर हस्तान्तरण गरिएको उनले बताए ।
स्वस्थ्य क्षेत्र संवेदनसिल पेशा भएकाले यसको विषयमा समाचार बनाउदा गम्भीर हुन समेत उनले आग्रह गरे । उक्त हस्तान्तरणका अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसि, औषधी व्यवसायी संघका उपाध्यक्ष खड्क बहादुर बस्नेत, सचिव नारायण थापा लगायको उपस्थिती थियो । पत्रकार महासंघ रुपन्देहीले पहिलो चरणमा प्राप्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने र क्रमश सबै सदस्यहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउने जनाएको छ ।





















