एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण
खबरपथ संवाददाता
१८ बैशाख २०७८, शनिबार १९:२६
काठमाण्डौं । एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ। उनमा आजै संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
कोरोना पोजेटिभ आएपछि थप उपचारको लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। ‘कोरोनाको सामान्य लक्षण देखिएको छ। अवस्था सामान्य नै छ’, भट्टराईले भने ।





















