लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष बुझाएको राजिनामा स्वीकृत भएको छ ।
धारा १६८ को २ बमोजिम नियुक्त हुनुभएका मुख्यमन्त्री पोखरेलले धारा १७९, १ को क अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गर्न भन्दै राजिनामा दिएको प्रदेश प्रमुखको कार्यलयको स्रोतले जनाएको छ ।
पोखरेल विरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो । प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ ।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ । पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए ।






















