विमला वलीले रोजिन माओवादी केन्द्र, एमालेको बहुमत नपुग्ने

खबरपथ संवाददाता
१९ बैशाख २०७८, आईतवार १४:५९

बुटवल ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । यस सँगै प्रदेशसभामा नेकपा एमालेकाे बहुमत नपुग्ने भएको छ ।

दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरे पछि उनले माओवादी केन्द्र रोजेकी हुन् ।

वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको माओवादी केन्द्रका सांसद सुदर्शन बरालले बताए ।

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् ।

वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । यससँगै एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का लागेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए । एमालेले संविधानको धारा १६८(१) अनुसार एकल बहुमतको सरकार बनाउन दावी पेश गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*