उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

पसल खोल्ने समय बिहान ९ बजे सम्म
खबरपथ संवाददाता
२१ बैशाख २०७८, मंगलवार १६:४८

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साताका लागी निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । निषेधाज्ञा अवधिभर थप कडाई गरिने भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार यस अघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

भएको साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनु पर्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*