नेपालमा पछिल्लो २४ घण्टामा थप ८,६५९ जनामा कोरोना पुष्टि,५८ को मृत्यु

खबरपथ संवाददाता
२२ बैशाख २०७८, बुधबार २०:४६

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६०५ र ६१६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३,४७५ जनाको मृत्यु भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ ।

हाल सम्म कोरोना सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*