सिद्धार्थनगरका प्रमुखले चढने गाडी अब बिरामीका लागि

खबरपथ संवाददाता
२३ बैशाख २०७८, बिहीबार १७:३९

भैरहवा । सिद्धार्थनगर नगरपालिका नगरप्रमुख हरिप्रसाद अधिकारीले आफुले चढ्दै आएको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाउनु भएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जांदा एम्बुलेन्स मात्र प्रयाप्त नभए पछि नगरप्रमुखले चढ्दै आएको गाडी बिरामीको सेवामा प्रयोग गर्न लाग्नुभएको हो ।

छिटोछरितो सेवा दिन र समयमा पुग्नका लागि आफुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याएको नगर प्रमुख अधिकारीले बताउनुभयो । गाडी सन्चालनका लागि चालकको समस्या परेकोले केहि समय ढिलाइ हुन पुगेको नगर-उपप्रमुख उमा काफ्ले ले बताउनभयो ।

यस अघि पनि नगरप्रमुख अधिकारी कै गाडीमा वडा न.९ का वडा अध्यक्ष शेषकान्त भण्डारीलाई पनि स्वास्थ्यमा समस्या आए पछि प्याथोलोजी र अस्पताल पुर्याइएको थियो । नगर प्रमुख आफैले सो गाडीमा लैजांदा हाल वहां होम क्वारिन्टाइनमा बस्नु परेको छ ।

सिद्धार्थनगर नगरपालिका वडा न ९ का वडा अध्यक्ष भण्डारी अहिले भिम अस्पताल भैरहवामा उपचारमा हुनुहुन्छ । त्यसैगरी वडा न ६ का वडा अध्यक्ष विरेन्द्रनाथ श्रीवास्वलाई पनि कोराना संक्रमण देखिए पछि वहां होम आइसोलेसनमा बस्नु भएको छ । वहांको स्वास्थ्य अवस्था समान्य रहेको श्रीवास्तवले बताउनु भयो । सिद्धार्थनगरले नगरस्तरिय आइसोलेसन सेन्टर पनि तयारपारी सन्चालनमा ल्याउन लागेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*