नगरबासीको निःशुल्क स्वाब परीक्षण गर्दै देवदह नगरपालिका
देवदह । रूपन्देहीको देवदह नगरपालिकाले नगरबासीको सुविधाका लागि कोरोना स्वाब नगरपालिका बाट लिने र परीक्षणलाई निःशुल्क गरिने नगरपालिकाले जनाएको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै संक्रमणको लक्षण देखिएकाहरूको परीक्षणलाई निःशुल्क गरिने देवदहका नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।
२० देखि ४० बेडसम्मको अक्सिजन सहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आइसियु सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले काम गरिरहेको नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।
नगरमा अक्सिजन सहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरिएको छ । भने कोरोना महामारीको दोस्रो लहर सँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो ।
संक्रमणको अवस्था दिनानुदिन बढिरहेको र हाल देवदहमा सक्रिय संक्रमित बढ्दै गएकाले संक्रमणलाई थप फैलिन नदिन जारी निषेधाज्ञा कडाइसाथ पालना गर्नसमेत नगरबासीलाई हिराबहादुर खत्रीले आग्रह गर्नु भएको छ ।
जटिल समस्या देखापरेका संक्रमितको उपचारमा आवश्यक सहजीकरण गरिरहेको र अक्सिजन अभावको पछिल्लो अवस्थालाई दृष्टिगत गरेर जोखिम न्यूनीकरणका लागि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको नगरप्रमुख खत्रीले बताए ।
‘नगरबासीको जीवन रक्षाका लागि जस्तोसुकै चुनौतीको सामना गर्न नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भयो।





















