काङ्ग्रेस रुपन्देहीले पार्टी कार्यालय आइसोलेसन निर्माणका लागी दिने

खबरपथ संवाददाता
२४ बैशाख २०७८, शुक्रबार १५:०२

भैरहवा ।  नेपाली काङ्ग्रेस रुपन्देहीले कोरोना महामारीको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामीको लागि बेड अभाब भैईरहेका बेला भैरहवामा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ ।

काङ्ग्रेस रुपन्देहीको भैरहवा स्थिती भिम अस्पतालको पछाडी दुई बटा हल, एघार बटा कोठा सहितको दुइ तले कम्पाउन्ड सहितको भवन रहेको छ । उक्त भवन आइसोलेसन निर्माणको लागि स्थानिय तह, प्रदेस सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी सस्थाले लिन चाएको खण्डमा तत्काल प्रयोगमा दिने ब्यबस्था मिलाइएको नेपाली काङ्ग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले जानकारी दिनुभयो ।

सरोकारवाला निकाय यो महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागी गभिर बन्न आग्रह गर्दै उहाँले कोहि पनि कोभिडका बिरामिलाइ उपचारको लागि बेडको समस्या नहोस भन्ने हेतुले आफुहरु पार्टी कार्यालय आइसोलेसन निर्माणको लागि दिन तयार भएको र आवस्यक अरु सहयोग समेत गर्न तयार रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*