पछिल्लो २४ घण्टामा थप ९१९६ जनामा कोरोना पुष्टि, ५० को मृत्यु

खबरपथ संवाददाता
२४ बैशाख २०७८, शुक्रबार १८:०४

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट ३५७९ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ । जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै आईसीयूमा ७२८ जना र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै पछ्रिल्लो २४ घण्टामा थप २ हजार ९०५ जनामा संक्रमण मुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*