अक्सिजन सिलिन्डर फिर्ता गर्न बुटवल उवासंघको आग्रह

खबरपथ संवाददाता
२४ बैशाख २०७८, शुक्रबार २०:४४

बुटवल । कोभिड संक्रमित बिरामीलाई अक्सिजनको अभाव भए पछि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले उद्योगहरुमा स्टक अक्सिजन तत्कालको लागि फिर्ता गर्न उद्योगीहरुसंग आग्रह गरेको छ । कोरोना संक्रमित बिरामीको संख्या दिनानुदिन थपिँदै जाँदा अस्पतालहरुमा अक्सिजनको अभाव भएको औंल्याउँदै उद्योग, व्यबसायमा रहेका खाली तथा भरेका अक्सिजन सिलिन्डर बुटवल उद्योग बाणिज्य संघमा वा बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंकमा जम्मा गरेर सहयोग गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विज्ञप्ती जारी गरेर कोरोना भाईरस महामारीको विषम परिस्थितीमा संक्रमित बिरामीको जीवन रक्षाको योगदान गर्न समेत आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*