प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

खबरपथ संवाददाता
२५ बैशाख २०७८, शनिबार १३:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ । बैठक शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको उच्च सरकारी स्रोतले जनाएको छ । स्रोतका अनसार बैठकको एजेण्डाबारे पूर्व जानकारी दिइएको छैन ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठक प्रति चासो छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उहाँको सक्रियता बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*