दोलखा भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’
काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १२:१५ देखि १:३० बजेसम्म शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए ।
मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका थिए । मन्दिरमा आजै क्षमा पूजा गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति जारी गरेको थियो । आजबारे यसबारे जानकारी दिँदै प्रशासनले विज्ञप्तिमार्फत जानकारी दिएको छ । @ रातोपाटीबाट साभार






















