सैनामैनानगरपालिकाद्धारा निःशुल्क कोरोना परिक्षण सुरु

हेमा अर्याल
२६ बैशाख २०७८, आईतवार ०८:३७

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले समुदायस्तरमा निःशुल्क कोरोना परिक्षण सुरु गरेको छ । समुदायस्तरमा भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढे पछि सैनामैनाले तालिका नै बनाएर शुक्रबार देखि बैशाख २७ गते सम्म कोरोना परिक्षण गर्ने योजना बनाएको हो ।
नगरभित्र बढ्दो संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नगरका ११ वटै वडामा लक्षण सहितका विरामीहरुका लागि निःशुल्क स्वाब परिक्षण सुरु गरिएको हो ।

जस अन्तर्गत शुक्रबार वडा नं १ मा र शनिबार वडा न २,३,४,५, मा स्वाब परिक्षण गरिएको छ । शनिबार मात्र लक्षण देखिएका करिब ३ सय २८ जना बिरामीको कोरोना परिक्षण गरिएको छ । जसमा १४६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जसअन्तर्गत वडा नं २ मा ७४ जनाको कोरोना परिक्षण गर्दा ३० जना संक्रमित भेटिएका छन् । त्यस्तै गरी वडा नं ३ मा ७५ जनामा ४३ जना , वडा नं ४ मा १०४ जनामा ४६ जना, र वडा नं ५ मा ७५ जनामा २६ जना संक्रमित गरी  ३२८ जनाको कोरोना परिक्षण गरिएको थियो । जसमा १४६ जना संक्रमित पुष्टि भएको छ ।

आइतबार वडा नं ६,७,८,९ मा कोरोना परिक्षण गरिने छ । वडा नं ६ को वडा कार्यालय कोलौनीमा त्यस्तै वडा नं ७ को सरस्वती मा वि देउपारमा, वडा नंं. ८ को आधारभुत स्वास्थ्य केन्द्र बाँसगढीमा र वडा नंं.९ को वडा कार्यालय परिसरमा परिक्षण गरिने छ ।

परिक्षणमा पोजेटिभ देखिने र जटिल अवस्थाका बिरामीलाई उपचारका लागी नगरपालिकाले सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पताल सैनामैना १ बनकट्टा लगिनेछ । तर, सामान्य अवस्थाका विरामी भने होम आइसोलेशनमा बस्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*