लुम्बिनीका मुख्यमन्त्री विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

खबरपथ संवाददाता
२६ बैशाख २०७८, आईतवार १३:२५

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गरिएको छ । विपक्षी गठबन्धनले संसद सचिवालयमा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा मुख्यमन्त्रीका प्रस्तावक कुलप्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खाँन, जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादवसहितको टोलीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

४० जना सांसदहरूको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

यस अघि पनि अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । तर, मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । राजीनामा पछि बहुमत दलका आधारमा पुनः मुख्यमन्त्री बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*