नेपाल-खनाल समूहले राजीनामा दिदै

खबरपथ संवाददाता
२७ बैशाख २०७८, सोमबार १०:३२

काठमाडौं । नेकपा एमालेको नेपाल – खनाल समूहले सामूहिक राजीनामा दिने भएका छन् । आफनो समुहले दिएको समयसिमा बिहान ९ बजे सकिएको बताउँदै अध्यक्ष प्रधानमन्त्री ओलीले कुनै जवाफ नदिए पछि अब नकुर्ने बताएका छन् ।

सो समुहका सांसदहरुले अब सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका हुन । ‘सामूहिक राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौँ’, सांसद मेटमणि चौधरीले भने।

नेपाल खनाल समूहका सांसदहरु अहिले सिंहदरबारमा भेला भइरहेका छन् । सबैजना भेला भएपछि सामूहिक राजीनामा दिने तयारी गरेको सांसद चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*