नेपाल – खनाल समूहले तत्काल राजीनामा नदिने, संसदमा अनुपस्थित हुने
काठमाडौं । नेकपा एमाले नेपाल – खनाल समूहले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिए पछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो ।
सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिन प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफू पक्षीय सांसदहरुको सहभागीता नहुने नेता भीम रावलले बताए ।





















