पछिल्लो २४ घण्टामा थप ९२७१ जनामा कोरोना पुष्टि, १३९ को मृत्यु

खबरपथ संवाददाता
२७ बैशाख २०७८, सोमबार १८:४६

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ६२३ जनाको पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार २७१ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै १३९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमितबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यसै अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*