१७ जेठसम्म अन्तर्राष्ट्रिय उडान बन्द

खबरपथ संवाददाता
२८ बैशाख २०७८, मंगलवार २०:२२

काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरात सम्म अन्तर्राष्ट्रिय हवाई उडान  बन्द गर्ने निर्णय गरेको छ । मंगलबार प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यस अघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*