रुपन्देहीमा जेठ १३ गते सम्म निषेधआज्ञा थपियो

खबरपथ संवाददाता
२९ बैशाख २०७८, बुधबार १९:०६

बुटवल । रुपन्देहीमा जारी निषेधआज्ञा आगामी जेठ १३ गते सम्मका लागी थपिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी निषेधाज्ञालाई जेठ १३ गते विहान ६ बजेसम्म लागू हुने गरी निरन्तरता दिएका छन् । बुधबार जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बसेको बैठकले निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण तिब्र बन्दै गएकाले यसको नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनको लागि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा उल्लेख गरिएको छ ।

निषेध आज्ञाको समयमा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने तथा अत्यावश्यक काम बाहेक हिडडुलमा रोक लगाइएको छ ।

कोरोनाको दोस्रो लहर फैलिएपछि गत बैशाख १६ गते देखी रुपन्देहीमा निषेधाज्ञा लगाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*