राजीनामा दुई-चार दिनलाई टर्यो – नेता नेपाल
काठमाडौं । नेकपा एमाले नेपाल समुहको राजिनामा तत्कालका लागी टरेको छ । बिहीबार चपली हाइट स्थित क्याप्टेन रामेश्वर थापाको घरमा प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झन्डै ४ घन्टा छलफल गरे पछि नेता नेपालले तत्कालाई राजीनामाको स्थिति टरेको बताएका हुन् ।
दुई नेताबीच छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्ताव माथि छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए ।
पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपालले भने, ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टर्यो ।’
प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।






















