कोरोना महामारीमा जनताले पत्रकारबाट सहि सूूचना खोजेका छन : केन्द्रीय अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघ रुपन्देहीले थाल्यो भर्चुअल संवाद
खबरपथ संवाददाता
१ जेष्ठ २०७८, शनिबार १८:३३

बुुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल कोरोनाबाट जोगिन जनताले पत्रकारबाट सही सूचना चाहेको बताएका छन् । उनले कोरोना महामारीलाई जित्ने र महामारीमा राज्यको भूूमिकाको खोजी गरेकाले पत्रकारले यो बेला सहि सूूचना दिनुपर्ने बताए । महामारीको जटिल अवस्था कहिले सकिन्छ र महामारीपछिको अवस्था के हुुन्छ भन्ने सूचना जनतालाई आवश्यक रहेको अध्यक्ष पोखरेलले बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले शनिबार आयोजनामा कोरोना महामारीमा सञ्चारमाध्याम र पत्रकारको भूमिका विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै पोखरेलले कोरोना विरुद्धको लडाईमा बेथिति र बदनियता धेरै भइरहेको भन्दै त्यसलाई बाहिर ल्याउनुुपर्ने कतव्र्य पनि पत्रकारहरुको रहेको बताए । उनले पत्रकारिता पेशा संकटमा परेमा आम नागरिक सूचनाबाट अलग हुने खतरा रहने बताए ।

‘स्वास्थ्य मन्त्रालय बाहेक अन्य मन्त्रालयहरुले यस्तो बेलामा के गरिरहेका छन’ पोखरेलले भने, ‘यस्तो बेला पत्रकारहरु मल्टिल रोलमा रहनुुपर्छ । अतिरिक्त अग्रसरता पनि देखाउनुुपर्ने आवश्यक रहेको छ ।’ उनले स्वास्थ्यको उच्च सतर्कता अपनाएर फिल्डमा काम गर्न निस्कन आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल कोरोनाले नेपालको मिडिया उद्योग ठूलो संकटमा परहेको बताए । ७० वर्षको नेपाली पत्रकारिताको इतिहासमा अहिले कोरोनाले थिलोथिलो भएको बताए । यो संकटलाई सामाना गर्दै अगाडि बढनुुको विकल्प नभएको बताए । ‘मिडियालाई जोगाउँदै संक्रमितलाई भयभित नहुुने सामग्री पस्किनुुपर्छ । मिस इन्फरमेशनको बाढीभित्रको खराब पक्षलाई चेक गर्दै भेरीफाइन इन्फरमेशन दिनुुपर्छ’ दाहालले भने ।

यस्तै लुुम्बिनी प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा।नन्दुु पाठकले फन्टलाइनरलाई भ्याक्सिन लगाउनुु अनिवार्य रहेको बताए । डबल मास्क लगाउने, सर्जिकल मास्क लगाउने, भौतिक दुुरी कायम गर्ने, साबुुनपानीले पटक पटक हात धुुने कार्य अनिवार्य रहेको बताए । डा. पाठकले भीडभाड, सर्केस, टेबल, ढोकाका हेन्डिललाई सेनिटाइज गनुुपर्ने, एयर फलो भएको कोठामा बसेर काम गर्न सञ्चारकर्मीलाई सुुझाव दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेले खाना नैं कोरोनालाई जित्ने उपाय रहेको बताए । आफूलाई भएको समस्या डक्टरसँग आफ्नो शेयर राम्रोसँग नगर्दा पनि कोरोनाले धेरै दुुःख दिएको बताए । मानिसहरु आफ्नै लापरवाहीले गर्दा नै संक्रमण बढेको बताए । संक्रमित सामाजिक सञ्जालबाट टाढा रहेर अन्य सामग्री हेर्न आवश्यक रहेकोमा जोड दिए । महामारीमा बिरामीले के खोज्छ भन्ने कुुरा पत्रकारहरुले विषयवस्तुु उठाउनुुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, पत्रकार महासंघ प्रदेशका उपाध्यक्ष शुुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ लुुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले कोरोना अहिलेको अवस्था व्यक्तिगत सुुरक्षालाई अपनाएर नियमित कर्म आफूसँगै परिवारलाई पनि सुरक्षित राख्नुुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल रुपन्देहीमा २२ जना पत्रकार संक्रमित भएको बताए । जसमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् । पत्रकारहरुलाई रोगसँगै भोकको समस्या खडकिँदै जाने अवस्था आएको बताए । अफ्टयारोमा परेका पत्रकारहरुलाई राहतका लागि स्थापना गरिएको कोषमा ७ लाख रुपैयाँ जम्मा भएको पोखरेलले बताए ।
प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुुँवर वर्क फर होमबाट पनि मिडिया सञ्चालन गर्न पनि सकिने बताए ।

कार्यक्रममा प्रेस युुनियन रुपन्देहीका सभापति रेखा भुसा, महासंघ रुपन्देहीका निर्वातमान उपाध्यक्ष निरु गौतम, पत्रकार टिआर शर्माले मिडिया हाउसले पनि आपतकालीन कोष बनाएर अफ्टयारमा पनि पेशागत सुुरक्षातर्फ ध्यान दिनुपर्ने बताए । यसैगरि लुुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, पत्रकार पत्रकार रीमा बिसी डिबी सुुस्लिङ, लगायतले आफ्ना धारणा र सुुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव विनोद परियारले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*