पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

खबरपथ संवाददाता
२ जेष्ठ २०७८, आईतवार २१:१२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँले बृद्धि गरेको हो ।

आइतबार राति १२ बजे पछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको आयल निगमले जानकारी दिएको छ ।

एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य बृद्धि नगरेको आयल निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*