लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प

खबरपथ संवाददाता
५ जेष्ठ २०७८, बुधबार ०७:२६

काठमाडौं । आज बिहान लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौं सम्म धक्का महसुस गरिएको छ ।

लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्की लगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए ।
यसको क्षतिको विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*