कोरोनाका कारण रुपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन

खबरपथ संवाददाता
५ जेष्ठ २०७८, बुधबार ०८:४६

बुटवल । कोरोनाका कारण रुपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन भएको छ । बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा उपचारत चौधरीको आज बिहान निधन भएको हो ।

बैशाख २१ गते तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उहाँलाइ स्वास्थ्यमा थप समस्या आएपछि  बैशाख २५ गते बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्पताल लगिएको थियो । १० दिनदेखि कोरोना बिशेष अस्पतालमा उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उहाँको आज बिहान ३ : १५ बजे निधन भएको अस्तालका प्रबक्ता डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।

तिलोत्तमा ५ मणिग्राम निवासी ६१ बर्षिय पत्रकार चौधरी २ दशक देखि रेडियो लुम्बिनीमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमती ४ छोरी र २ छोरा छन् ।

चौधरीको निधनले पत्रकार महासंघ स्तब्ध भएको अध्यक्ष रामराज पोखरेलले बताउनुभयो । महासंघले एक असल कर्मशील पत्रकार गुमाउनु परेको सचिव बिनोद परियारले जानकारी दिनुभयो ।

उहाँको निधन प्रति खबरपथ डट.कम. हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै समबेदना ब्यक्त गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*