लमजुङको भुलभुलेमा फेरि ५.३ म्याग्नेच्युटको भूकम्प
खबरपथ संवाददाता
५ जेष्ठ २०७८, बुधबार १०:११
बुटवल । लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।
आजै बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको छ ।
बिहान गएको भूकम्पले लमजुङमा केही मानिस घाइते र केही घरमा क्षति पुगेका विवरण आएका छन् ।





















