दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

खबरपथ संवाददाता
५ जेष्ठ २०७८, बुधबार १०:५८

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने  ४९ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम पश्चिम आउँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बुधबार बिहान दुर्घटना भएको हो ।

डीएसपी राजु लामाका अनुसार मृतकहरु मध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

घाइतेहरुको पश्चिम नवलपरासीको चिसापानी सामुदायिक अस्पताल लगायतका स्थानमा उपचार भइरहेको डीएसपी लामाले जानकारी दिए । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बस सडकबाट करीब १५० मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालयकाका अनुसार विस्तृत विवरण आउन बाँकी रहेको बताए । @onlinekhabar बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*