कपिलवस्तुमा माओवादी नेता पाण्डेमाथि गोली प्रहार

खबरपथ संवाददाता
६ जेष्ठ २०७८, बिहीबार १३:४७

बुटवल । कपिलवस्तुमा गोली चल्दा नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डे सँगै अर्का एक भारतीय नागरिक पनि घाइते भएका छन् ।

तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा बुधबार राति ११ बजेतिर गोली चल्दा कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेसँगै भारतको सिद्धार्थनगर जिल्ला तेतरी बजारका इयाज अख्तर मुसलमान घाइते भएका हुन् ।

तीनजनाको समूहमा मोटरसाइकलमा आएका व्यक्तिले मोटरसाइकलमा सवार उनीहरुमाथि गोली प्रहार गरेका थिए । पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । मुसलमानको बायाँ पाखुराको छेउमा गोली लागेको घाउ छ । मुसलमानलाई लागेको गोली पाखुरामा छोएर बाहिर गएको छ ।

दुवैजनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पाण्डेको अवस्था मध्यम रहेको र मुसलमान खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए ।  गोली चलाउने समूहको पहिचान भइसकेकाले छिट्टै पक्राउ पर्ने डीएसपी भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*