पछिल्लो २४ घण्टामा ८३०५ जनामा कोरोना पुष्टि, १९० को मृत्यु

खबरपथ संवाददाता
६ जेष्ठ २०७८, बिहीबार १८:४३

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६९५ जनाको पीसीआर परीक्षणमा ८ हजार २२७ र ३९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८ जना गरी कुल ८ हजार ३०५ जनामा कोरोना पुष्टि भएको हो । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १९० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ ।

स्वाथ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६५४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ जना पुगेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*