पत्रकार महासंघ रुपन्देहीद्धारा स्व. पत्रकार चौधरीको परिवारलाई सहयोग
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना संक्रमणबाट निधन भएका पत्रकार हिक्मत चौधरीको परिवारसँग भेटघाट तथा किरिया खर्चका लागि आर्थिक सहयोग गरेको छ । शनिबार स्व. पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम स्थित निवासमा पुुगेर महासंघको टोलीले सात्वना दिदै काजकिरियाका लागि २५ हजार १ सय रुपैयाँ सहयोग गरेको हो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्व. पत्रकार चौधरीका श्रीमती उदयदेवीलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
उक्त अवसरमा अध्यक्ष पोख्रेलले पत्रकार चौधरीको निधनले रुपन्देहीको पत्रकारिता क्षेत्रले असल पत्रकार गुमाएको भन्दै परिवारलाई समवेदना दिनुभयो । महासंघले पत्रकार कोरोना तथा आपतकालिन कोषबाट उक्त रकम सहयोग गरेको जनाएको छ ।
पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य समेत रहेका पत्रकार चौधरीको जेठ ५ गते उपचारका क्रममा मृत्यूू भएको थियो । पत्रकार महासंघ रुपन्देहीले संस्थागत रुपमा स्व. चौधरीको उपचारका लागि अस्पताल, चिकित्सकसँग आवश्यक समन्वय र सहयोग गरेको थियो । भेटघाट तथा सहयोग हस्तान्तरणमा उपाध्यक्ष विश्वास ढकाल, अर्का उपाध्यक्ष अमृता अनमोल, सचिव विनोद परियार, कोषाध्यक्ष सञ्जय सौगात तथा कार्यसमिति सदस्यहरुहरु मोहन न्यौपाने, प्रकाश पाण्डे र कमला पाण्डेको उपस्थिती थियो । स्व. पत्रकार चौधरीको २ छोरा, ४ छोरी र श्रीमती छन् ।





















