पछिल्लो २४ घण्टामा ८,९८० जनामा कोरोना पुष्टि, १२९ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १९,३५७ पीसीआर परीक्षणमा ८,५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६१५३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।





















