पछिल्लो २४ घण्टामा ७९१४ जनामा कोरोना पुष्टि, १९३ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१६ जना गरी कुल ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।





















