मूल्यवृद्धिको अवस्था बुझ्न तानसेन बजार अनुगमन

भोजराज भट्टराई
१० जेष्ठ २०७८, सोमबार १०:४४

पाल्पा  । पाल्पामा निषेधाज्ञाको समयमा पनि बजार अनुगमन रोकिएको छैन । निधेषाज्ञाको समयमा बजारमा दैनिक उपभोग्य खाद्य सामग्रीमा मूल्य बढाइएको जिल्ला प्रशासनमा गुनासो पुगेपछि सोमबार तानसेन बजार अनुगमन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा खाद्यसम्बन्धी ठूला होलसेल पसलहरूको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी थमन बहादुर सारुले जानकारी दिनुभयो । उहाँले १७ वटा खाद्य पसलहरूमा मूल्य वृद्धिको कारण बुझ्न अनुगमन गरिएको बताउनुभयो ।

अनुगमनमा तानसेन नगरपालिका क्षेत्रका नारायणस्थान, मेहल्धारा, बसपार्क, लहरेपिपल, मखनटोल, भगवतीटोलका दैनिक उपभोग्य सामग्री विक्री गर्ने ठूला होलसेल पसलको मूल्य सूची चेक गरिएको तानसेन नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शसीधर घिमिरेको नेतृत्वमा अनुगमन गरिएको आयोजन घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारीले बताउनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तानसेन नगरपालिका लगायतको सहभागिता थियो । उपभोत्ताले दैनिक खाद्य सामग्री तेल, दूध, तरकारी लगायतमा पसलै पिच्छे मूल्य फरक भएको जिल्ला प्रसासनमा गुनासो पु¥याएको स्रोतको दावी छ । निषेधाज्ञाको कारण अहिले तानसेनमा बिहानको समयमा मात्र दैनिक उपभोग्य सामग्री तथा अत्यावश्यक सामग्री बिक्री वितरण गर्ने पसल खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*