पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना पुष्टि, १६९ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पीसीआर परीक्षणमा ८ हजार ३८७ र ६३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४९ जना गरी कुल ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । त्यसैगरी थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको मृत्युहुनेको संख्या ६ हजार ७०० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६४०४ जना संक्रमणमुक्त भएका छन् । यो संगै हाल सम्म ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् ।





















