रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गते सम्म थपियो

खबरपथ संवाददाता
१२ जेष्ठ २०७८, बुधबार १६:५०

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा आगामी जेठ २० गतेसम्मका लागी थपिएको छ । बुधबार बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा बढाउन सिफारिस गरेको थियो। उक्त सिफारिस बमोजिम जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ २० गते राती १२:०० बजे सम्मका लागी निशेधाज्ञाको अवधि थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो।

निषेधाज्ञाको समयममा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले जानकारी दिनुभयो ।

गत बैशाख १६ गते देखि बैशाख ३० गते सम्म निषेधाज्ञा जारी गरिएको थियो तर उक्त अवधि सम्म पनि कोरोना संक्रमण कम नभएकाले जेठ १३ गतेसम्म निषेधाज्ञा थपिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*