प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिट प्रधानन्यायाधीशको इजलासमा
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका १९ रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा हुने भएको छ । बिहीबार प्रधानन्यायाधीश जबराले पेशी तोक्दा १९ रिटको सुनुवाइ आफ्नो एकल इजलासमा हुने गरी तोक्नु भएको हो ।
सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार (आज) हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।





















